Logo
Logo

अमेरिकी सेनाको जहाज काठमाडौँमा अवतरण


23.7k
Shares

काठमाडौं । अमेरिकी सेनाको जहाज शुक्रबार काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । अमेरिकी सेनाको जहाज अमेरिकी कूटनीतिज्ञलाई लिएर काठमाडौँ आएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित अध्यागमन कार्यालयका सूचना अधिकृत खेमराज उपाध्यायका अनुसार अमेरिकी कूटनीतिज्ञलाई लिएर युएस एयर फोर्स (अमेरिकी सेना)को जहाज काठमाडौँ आएको हो ।

सामाजिक सञ्जालमा युएस फोर्सको अहिले उक्त फोटो र भिडियो भाइरल भएको छ । युस एयर फोर्सको जहाज आज बिहान आएको त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयका निर्देशक टेकनाथ सिटौलाले पनि बताएका छन् । जहाजले दूतावासको सामग्री ल्याएको हुन सक्ने सिटौलाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्