
काठमाडौं । विप्लव नेतृत्वको नेकपाको केन्द्रीय कमिटीको बैठक शनिबार पनि जारी रहने भएको छ । कपिस्वस्तुमा शुक्रबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकले चुनावबारे कस्तो निर्णय लेला भन्ने चासो राजनीतिक वृत्तमा रहेको छ ।
महासचिव विप्लवले बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमा चुनावलाई उपयोग गरेर अघि बढ्ने उल्लेख गरिएको छ । नेकपा स्रोतका अनुसार विप्लवले केन्द्रीय सदस्यहरुलाई वितरण गरेको राजनीतिक प्रतिवेदनमा चुनावलाई उपयोग गरेर जानुपर्ने उल्लेख गरिएको छ ।
सोही राजनीतिक प्रतिवेदनमाथि शनिबार छलफल चल्नेछ । शुक्रबारको बैठकमा ६९ जना केन्द्रीय सदस्य र ४ जना सल्लाहकारको उपस्थिती रहेको थियो ।
यस्तै नेकपा एमालेका नेता योगेश भट्टराईले विप्लवले आगामी निर्वाचनमा भाग लिन गरेको प्रस्ताव वस्तुवादी र सही भएको बताएका छन् । नेता भट्टराईले विप्लवको सो प्रस्ताव नेपाली धर्तीको मार्क्सवादी विचार भएको भन्दै प्रशंसा समेत गरेका छन् ।














