Logo
Logo

प्रचण्ड र माधव देउवाको फेरो समातेर समाजवाद ल्याउने सपना देख्दैछन् : शंकर पोखरेल


630
Shares

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले माधवकुमार नेपाललाई सम्झेर घृणा गर्ने बेला आएको बताएका छन् । शनिबार पार्टीको भक्तपुर जिल्ला कमिटीले मध्यपुर थिमिमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा यस्तो धारणा राखेका हुन् ।

नेता पोखरेलले भने, ‘हिजोका माधव नेपाललाई होइन, आजको उनको कामलाई सम्झेर घृणा गर्ने बेला आएको छ ।’ उनले नेकपा समाजवादीका अध्यक्ष माधव नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली कम्युनिस्ट आन्दोलनको अभिशापको रहेको समेत आरोप लगाए ।

‘एक्लै हिँड्न नसक्ने भएर उनीहरु कांग्रेस सभापति शेरबहादुर देउवाको फेरो समातेर नेपालमा समाजवाद ल्याउने सपना देख्दैछन्’ उनले भने ।

प्रचण्ड र माधव देउवासँग गएपनि एमालेलाई केही मतलव नभएको बताएँदै उनले बाटो बिराएका कार्यकर्तालाई चाहिँ फर्काउन नेता–कार्यकर्तालाई निर्देशन दिँदै पार्टीले विगतमा गरेका उत्कृष्ट कामको प्रचारप्रसार गरेर बैशाख ३० गते हुने निर्वाचनमा जनतासामु जान आग्रह गरे ।

उनले भने, ‘एउटा घरपनि नछुटाउनुस्, सबैलाई भेट्नुस् आजैदेखि चुनावमा लाग्नुस् । भक्तपुरमा नेमकिपाका कारण राष्ट्रिय राजनीतिमा पहुँच पुर्याउने नेता नभएकाले त्यसबारे लाग्ने समय आएको छ ।’

प्रतिक्रिया दिनुहोस्