Logo
Logo

सहकार्य गर्न चाहनेलाई हातमा हात मिलाएर चुनावमा जान चाहन्छौँ : अध्यक्ष नेपाल


1.1k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले धरातलमा नेकपा एमाले र अध्यक्ष केपी शर्मा ओलीप्रति वितृष्णा बढ्दै गएको बताएका छन् ।

आइतबार पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले ‘केही ठाउँहरूमा केही मानिसलाई प्रवेश गराएँ भनेर आनन्दको अनुभूति लिने एउटा कुरा भयो तर धरातलमा त्यस्तो स्थिति छैन । धरातलमा केपी ओलीप्रति वितृष्णा बढिरहेको छ ।’

फाइल फोटो

अध्यक्ष नेपालले एमालेबाट केन्द्रीय तथा जिल्ला तहका नेताहरू आफूहरूको पार्टीमा प्रवेश गरिरहेको पनि बताए । ‘एमालेबाट केन्द्रीय र जिल्ला नेताहरु समाजवादीमा प्रवेश गर्ने क्रम बढेको छ’ अध्यक्ष नेपालले भने ।

पछिल्लो समय एकीकृत समाजवादी देश र जनताप्रति जिम्मेवार पार्टी बन्दै गएको बताउँदै उनले ने, ‘अब जनताको विश्वास हामीले जित्नुपर्ने छ, जनताको विश्वास जित्ने कुरामा चुक्न हुन्न । आफ्नो शक्ति बलियो बनाएर जानुपर्छ ।’

केही जिल्लाबाट त्यहाँका नेताहरूले पार्टी एक्लै पनि चुनावमा जान सक्ने बताइरहेपनि सहकार्य गर्न चाहनेलाई सँगै लिएर जाने उनको भनाइ छ ।

‘हामी एक्लै पनि बलियो हुँदै गइरहेका छौँ । विभिन्न जिल्लाबाट नेताहरूले एक्लै पनि चुनावमा जान सकिन्छ भनिरहनुभएको छ’ अध्यक्ष नेपालले भने, ‘तर हामी सहकार्य गर्न चाहनेलाई हातमा हात मिलाएर चुनावमा जान चाहन्छौँ ।’ पैसा, दम्भ र अहंकारलाई पराजित गर्नुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्