Logo
Logo

माओवादीले प्रदेश १ का पालिकामा मत सर्वेक्षण गर्ने


14.4k
Shares

विराटनगर । नेकपा माओवादी केन्द्रले स्थानीय तह निर्वाचनमा आफ्नो अवस्था थाहा पाउन मत सर्वेक्षण गर्ने भएको छ।

माओवादी केन्द्रको प्रदेश १ समितिले आन्तरिक परिपत्र जारी गर्दै प्रत्येक पालिका र वडालाई चैत २० गतेभित्र मत सर्वेक्षण गरी त्यसको विवरण प्रदेश कार्यालयमा पठाउन निर्देशन दिएको छ ।

त्यस्तै माओवादीले पार्टीको अवस्था हेरेर पालिकाको वर्गिकरण गर्न समेत निर्देशन दिएको छ। जस अनुसार ४ श्रेणीमा पालिकाको वर्गिकरण हुने छ । श्रेणी ‘क’मा पालिका विजय सुनिश्चत भएको, ‘ख’ मा प्रयत्न भएमा जित्न सकिने, ‘ग’ मा केही वडा जित्नसक्ने र ‘घ’ जित्न नसकिने पालिकाहरुको वर्गिकरण गर्नुपर्ने छ ।

तालमेल गर्नुपरेमा मत सर्वेक्षणलाई समेत ध्यान दिँदै पालिका, जिल्ला र निर्वाचन कमाण्डको परामर्शमा प्रदेशले निर्णय लिने छ ।

त्यस्तै माओवादीले केन्द्रीय नेताहरुको सहभागितामा प्रदेशभर जनसभाहरु पनि गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्