काठमाडौं । काठमाडौं उपत्यकाको प्रारम्भिक न्यूनतम तापक्रम घटेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (बिहीबार) बिहान ५:४५ बजेको मापनमा काठमार्डौ उपत्यकाको न्यूनतम तापक्रम १३.५ डिग्री सेल्सियस छ ।

बुधबारचािहँ यो समयमा काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १४.२ सेल्सियस थियो । यस हिसाबले आज काठमाडौं उपत्यकाको सुरुवाती न्यूनतम तापक्रम घटेको हो ।
यद्यपि बुधवार बिहान ८:४५ बजेको अन्तिम मापनमा काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १३.५ डिग्री सेल्सियस कायम भएको थियो । आजको पनि वास्तविक न्यूनतम तापक्रम सोही समयमा पुनस् मापन गरिनेछ ।
त्यसबेला हिजोजस्तै सुरुवाती मापनमा भन्दा काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम केही कम हुने सम्भावना हुन्छ । तर कहिलेकाहीँ पहिलेकै यथावत् रहन पनि सक्छ ।
मौसम महाशाखाले हरेक दिन काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्छ ।न्यूनतम बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ ।।















