Logo
Logo

बिशेष ब्यूरोका प्रहरी अख्तियारको फन्दामा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ४ असार ।
प्रहरी प्रधान कार्यालय, नक्साल विशेष व्यूरोमा कार्यरत पूर्व प्रहरी नायव निरीक्षक सरोज क्षेत्रीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । भारतीय नक्कली प्रमाणपत्र पेश गरी सरकारी नोकरीमा प्रवेश गरी बढुवा खुलेपछि मुद्दा दायर भएको हो ।


के.सी.ले माध्यमिक शिक्षा परिषद, हरिश्चन्द्र इन्टर कलेज, वरहज, देवारिया, उत्तरप्रदेश भारतबाट प्राईभेट आइ.कम. पास गरेको नक्कली एवं झुट्टा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी प्रहरी सहायक निरीक्षक पदमा नियुक्ति लिई प्रहरी नायव निरीक्षक समेतको ओहदामा बढुवा भएको पुष्टि हुन आएको हुँदा भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र २९(२) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६(१) बमोजिमको कसुर गरेको देखिएकोले निजलाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९(२) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६(१) बमोजिम सजाय हुन मागदाबी लिई मिति २०७६र०३र०१ गते विशेष अदालत, काठमाडौंमा आरोप(पत्र दायर गरिएको छ । आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्