Logo
Logo
त्रिकोणात्मक टि-२०

मलेसियामाथि नेपालको सानदार जित


504
Shares

काठमाडौं । त्रिकोणात्मक टि-२० आई सिरिजमा नेपालले मलेसियामाथि सानदार जित निकालेको छ । शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा मलेसियालाई ८५ रनले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो ।

नेपालको सानदार जितसँगै पपुवा न्युगिनी फाइनलमा पुगेको छ । यसअघि नै लगातार तीन खेल जितेर फाइनलमा स्थान पक्का गरिसकेको नेपाल अपराजित रहँदै शीर्षस्थानमा रह्यो । मलेसिया पराजित हुँदा पीएनजी भाग्यमानी बन्दै दोस्रो स्थानमा रहेर फाइनल पुग्यो । उपाधिको लागि सोमबार नेपाल र पीएनजी भिड्नेछन् ।

नेपाललाई सानदार जित दिलाउनको लागि दीपेन्द्रसिंह ऐरीको कीर्तिमानी शतक प्रहार गरेका थिए । दीपेन्द्रले अविजित ११० रन बनाउँदा नेपालले मलेसियलाई २२४ रनको लक्ष्य दिएको थियो । मलेसिया एक बल अगावै १३८ रनमा अलआउट भयो ।

मलेसियाका लागि ओपनर विरनदीपसिंहले २६ बलमा ९ चौकासहित सर्वाधिक ४७ रनमा आउट भए । कप्तान अहमद फैज ३१ बलमा ३ चौकासहित ३३ रनमा आउट भए । सैद अजिज १७ र अनुल अफिज १८ रनमा आउट भए । अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

कप्तान सन्दीप लामिछानेले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए । कमलसिंह ऐरीले २ ओभरमा २० रन खर्चेर २ विकेट लिए । शतक प्रहार गरेका दीपेन्द्रले ३ ओभरमा २४ रन खर्चेर २ विकेट लिए । कुशल भुर्तेल र रोहित पौडेलले १–१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय २३ रन बनाएको थियो ।

नेपालको लागि दीपेन्द्र सिंह ऐरीले सानदार शतकमा बनाएका थिए । उनले ५७ बलमा १० चौका र ६ छक्कासहित १ सय १० रन बनाएका थिए ।

रोहित ३४ बलमा ५ चौकासहित ५१ रनमा आउट भएका थिए । आदिल अन्सारी १४ रनमा आउट भएका थिए । ओपनर आसिफ शेखले १८ र कुशल भुर्तेलले १२ रन बनाएका थिए । आरिफ शेख २ रन बनाएर आउट भएका थिए । शर्विन मुनीआन्दीबाट १८ रनमा क्याच भएका थिए ।

मलेसियाका मोहम्मद वाफिक, पवनदीप सिंह, स्याजरुल इद्रस र मोहम्मद आमिरले १–१ विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्