Logo
Logo

निगमका १४८ यात्रु बैंककमा अलपत्र


1.8k
Shares

काठमाडौं । नेपाल वायुसेवा निगमको निकम्मा व्यवस्थापनका कारण करिब १४८ यात्रु बैंककमा अलपत्र परेका छन् ।

गत शुक्रबार बैंककबाट काठमाडौं आउनुपर्ने निगमको जहाजमा समस्या आएका कारण आरए ४०५ को उडान स्थगित गरिएको थियो ।

शुक्रबार अपराह्न ४ः४५ बजे बैंककबाट काठमाडौं उड्नुपर्ने जहाजको उडान रद्द भएपछि यात्रुहरुलाई एयरपोर्ट नजिकैको चोरपरी होटलमा राखिएको थियो ।

उक्त उडानमा नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर हिमालयशम्शेर जबरालगायतका नेपाली व्यापारी र विदेशी यात्रुहरु रहेका छन् ।

होटलमा बसेका यात्रु भूषण श्रेष्ठले दृष्टि अनलाइनलाई फोन गरेर यो सूचना पर्यटनमन्त्री प्रेम आलेलाई सुनाइदिन र अलपत्र यात्रुलाई तुरुन्त काठमाडौं ल्याउने व्यवस्था मिलाउन आग्रह गरेका छन् ।

निगमका प्रेस डिमार्टमेन्टका कर्मचारी ज्ञानप्रसाद अर्यालसँग सोध्दा उनले जहाजको टायरमा समस्या आएका कारण गत शुक्रबारको उडान हुन नसकेको बताए । उनले हिजैै कतार एयरवेजसँग टायर सापट मागेर बैंकक पु¥याएको जानकारी दिए । शुक्रबारदेखि बैंककमा अलपत्र यात्रुहरू आजसम्म काठमाडौँ आइपुग्ने छन् ।

तर, बैंककबाट यात्रुहरुले दिएको सूचनाअनुसार बैंककमा ग्राउण्डेड निगमको जहाजको टायर फेर्ने काम थाइ एयरवेजका इञ्जीनियरहरुले गरिरहेका छन् । यो समाचार आउँदासम्म निगमको जहाज उड्ने/नउड्ने केही ठेगान छैन । यात्रुहरुले बैंककदेखि टाढा गाउँको एउटा होटलमा तीन दिनदेखि अलपत्र पर्दा समस्या भोग्नु परेको बताएका छन् । यात्रुहरुले थाइ एयरवेज अथवा कतार एयर चार्टर्ड गरेर भए पनि आजै काठमाडौं पुग्न पाए हुन्थ्यो भनिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्