काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा (छोइङ डोल्मा लामा मोक्तान) को नियुक्तिविरुद्ध माइतीघरमा सोमबार प्रदर्शन गरिएको छ ।

राष्ट्रिय जेनजी नागरिक अभियान, तामाङ नागरिक समाज, लुम्बिनी विकास कोष तथा गुम्बा विकास समिति बचाऊ संयुक्त समितिले विरोध प्रदर्शन गरेको हो ।
प्रदर्शनकारीहरूले आनीको नियुक्ति खारेजी, नागरिकता र सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित विषय छानबिन गर्न माग गरेका छन् ।















