Logo
Logo

एमाले र कमल थापाको राप्रपाबीच चुनावी तालमेल हुने


8.9k
Shares

काटमाठौं । आफूलाईलाई सबैभन्दा बलियो पार्टीको रुपमा दावी गर्दै आएको नेकपा एमाले र भर्खरै गठन भएको राप्रपा नेपालबीच चुनावी तालमेल हुने भएको छ ।

वर्तमान सत्तारुढ दलबीच आगामी तीनै तहको निर्वाचनमा गठबन्धन गर्ने आधारभूत सहमति भएसँगै एमाले र राप्रपा नेपाल तालमेलको बाध्यात्मक परिस्थितिमा पुगेका हुन् ।

स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने विषयमा एमाले अध्यक्ष केपी शर्मा ओली र राप्रपा नेपालका अध्यक्ष कमल थापाबीच निर्वाचनमा तालमेल गर्ने सहमति भइसकेको राप्रपा पक्षले दावी गरेको छ ।

दुई अध्यक्षबीच चुनावी तालमेल गर्ने सहमति भएसँगै वार्ता समिति समेत बनेको छ । वार्ता समितिमा एमालेबाट नेता देवेन्द्र दाहाल र राप्रपा नेपालबाट महामन्त्री सुशीलकुमार श्रेष्ठ रहेका छन् ।

एमाले र राप्रपाबीच यो पहिलो तालमेल भने होइन । २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि तालमेल भएको थियो । मुख्यगरी एमाले अध्यक्ष ओली र राप्रपाका तत्कालीन महामन्त्री हालका अध्यक्ष राजेन्द्र लिङ्देनलाई जिताउन तालमेल भएको थियो । उक्त तालमेलकै आधारमा ओलीले राम्रो मत पाएका थिए भने लिङ्देनले सहज जित हाँसिल गरेका थियो ।

०७४ को निर्वाचनमा राप्रपा एक थियो । तर, पछिल्लो महाधिवेशनमा अध्यक्षका प्रत्यासी कमल थापा पराजित भए । अप्रत्यासित पराजयपछि पार्टी विभाजन गरेका थापा पुनः एमालेको साथ खोज्न पुगेक हुन् ।

प्रतिक्रिया दिनुहोस्