Logo
Logo

नेपाल लाइफको प्रस्तावित १४.०७४ लाभांश पारित


882
Shares

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रस्तावित १४.०७४ लाभांश पारित भएको छ । चैत २१ गते सम्पन्न २१औं वार्षिक साधारणसभाले प्रस्तावित लाभांश प्रस्ताव पारित गरेको हो ।

प्रस्ताव पारित भएसँगै सेयरधनीले चुक्ता पुँजीको १४ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७४ प्रतिशत नगद लाभांश पाउनेछन् ।

प्रस्तावित बोनसपश्चात कम्पनीको चुक्ता पुँजी ८ अर्ब २० करोड रुपैयाँ पुगेको छ । यो जीवन बीमा क्षेत्रकै सर्वाधिक ठूलो चुक्ता पुँजी हुनेछ ।

सभामा अध्यक्ष गोविन्द लाल संघईले समीक्षा वर्षमा कम्पनीले कुल बीमाशुल्क करिब २७ अर्ब ६५ करोड आर्जन गरी सर्वाधिक बजार हिस्सा हासिल गर्न सफल भएको जानकारी दिए ।

२१ वर्षमा जीवन बीमा क्षेत्रमा कम्पनीको व्यवसायिक हिस्सा र गरिमालाई तमाम चुनौतिहरु बीच अझै नयाँ उचाइमा अगाडि बढाउनका लागि आगामी दिनहरुमा अगाडि बढ्ने अध्यक्ष संघईले प्रतिवद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्