Logo
Logo

धर्म र संस्कृति साझा सम्पत्ति हुन् : पर्यटनमन्त्री


441
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले धर्म र संस्कृति सबैका साझा सम्पत्ति भएको बताएका छन् ।

श्रीकृष्ण प्रणामी सेवा समिति नेपालले आयोजना गरेको चर्तुथ शताब्दी महोत्सवमा उनले नेपालमा बसोबास गर्ने सबै नागरिकहरुलाई आ–आफ्नो धर्म, संस्कृतिको रक्षा तथा जगेर्ना गर्ने अधिकार रहेको बताए । उनले भने,
‘आफ्ना धर्म, संस्कृतिको रक्षा र जगेर्ना गर्न सबैलाई अधिकार छ, धर्म, संस्कृति सबैका साझा सम्पत्ति हुन् ।’

मन्त्री आलेले श्रीकृष्ण प्रणामी सेवा समिति नेपालको वृद्धि विकास तथा संरचना निर्माणका लागि आफूले बजेटको व्यवस्था गर्ने आश्वासनसमेत दिए ।

उक्त समितिमा रहेको ४५ रोपनी जमिनमा पर्खाल निर्माणका लागि आवश्यक पर्ने बजेट पनि आगामी वर्षको बजेटमा विनियोजन गराउनेसमेत मन्त्री आलेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्