Logo
Logo

कांग्रेस कार्य सम्पादन समितिको बैठक २ बजे बस्दै


630
Shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक सरेको छ । शनिबार बिहान ११ बजेका लागि तय भएको बैठक दिउँसो २ बजेलाई सारिएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

कार्यसम्पादन समितिको बैठक शुक्रबारका लागि बोलाइएको थियो । तर, पदाधिकारीको बैठक लम्बिएपछि आज ११ बजे बोलाइएको थियो । उक्त बैठक २ बजे सारिएको हो ।

आजको बैठकले महानगर र उपमहानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवारको टुंगो लगाउनेछ ।

प्रतिक्रिया दिनुहोस्