
मोरङ । गत स्थानीय तहको निर्वाचनमा विराटनगर महानगरपालिकाका मेयरका दाबेदार उमेश यादवले जनता समाजवादी पार्टी परित्याग गरेका छन् । यादवले शनिवार विराटनगरमा पत्रकार सम्मेलन गरी पार्टी परित्याग गरेका हुन् ।
नेतृत्वले पार्टी बलियो भएको विराटनगरको मेयर अरु पार्टीलाई दिएर गठबन्धन गरेको भन्दै यादवले पार्टी परित्याग गरेका हुन् ।
गठबन्धनबीच विराटनगर महानगरपालिकामा कांग्रेसलाई मेयर र जसपालाई उपमेयर दिने सहमति भएको छ । गठबन्धनको सोही निर्णयप्रति असन्तुष्ट यादवले पार्टी छोडेका हुन् । जसपा परित्याग गरेका यादवले स्वतन्त्रबाट मेयरमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।














