Logo
Logo

धनुषामा श्रीमान-श्रीमती मृत भेटिए


0
Shares

काठमाडौं । धनुषाको मिथिला बिहारी नगरपालिकामा एक दम्पती मृत फेला परेका छन् । मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरस्थित माइतीघरमा बस्दै आएकी ३० वर्षीया रिनादेवी यादवको घाँटीमा धारिलो हतियार प्रहार गरिएको घाउ देखिएको छ भने उनका श्रीमान् ३५ वर्षीय उमेश यादव घरदेखि करिब एक किलोमिटर टाढा रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका हो । 

The current image has no alternative text. The file name is: dhanusha.jpg

जिल्ला प्रहरी कार्यालय धनुषाले रिनाको घाँटीमा धारिलो हतियार प्रहार गरिएको घाउ रहेकाले उनको हत्या भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । घटनाको वास्तविक कारण भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । 

मिथिला बिहारी नगरपालिका वडा नम्बर ४ भरतपुर घर भएका उमेश केही दिनअघि मात्रै वैदेशिक रोजगारीबाट नेपाल फर्किएका थिए । उनी घटनाको अघिल्लो दिन मात्रै ससुराली पनि पुगेको बुझिएको ।

मृतक दम्पतीका चार वर्षीय छोरा समेत घाइते छन् । बालकको एउटा तिघ्रामा पनि धारिलो हतियार प्रहार गरिएको घाउ देखिएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्