Logo
Logo

एकीकृत समाजवादी गठबन्धनबाट बाहिरियो, ललितपुरमा एक्लै भिड्ने


26k
Shares

ललितपुर महानगरका मेयर र उपमेयरका उम्मेदवार

ललितपुर । ललितपूर महानगरपालिकामा नेकपा एकीकृत समाजवादी पार्टी सत्तारुढ गठबन्धनबाट बाहिरिएको छ । गठबन्धनबाट बाहरिएको समाजवादीले मेयर र उपमेयरमा एक्लै उम्मेदवारी दिने निर्णय गरेको छ ।

नेकपा एकीकृत समाजवादीले ललितपुर महानगरपालिकामा हरिकृष्ण थापालाई र उषा बज्राचार्यलाई उपमेयरको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

समाजवादीले महाकाल गाउँपालिका र महालक्ष्मी नगरपालिकाको प्रमुख दावी गर्दै आएको थियो । समाजवादीले दावी गरेको महालक्ष्मी नगरपालिका कांग्रेस र महाकालको प्रमुख माओवादीले सहमति भइसकेको छ ।

जिल्लाका स्थानीय तह बाँडफाँटमा गर्न गठबन्धनमा आवद्ध अन्य दलले बेवास्ता गरेका कारण गठबन्धन तोडिएको एकीकृत समाजवादीका जिल्ला सहइन्चार्ज अमृत तिमल्सिनाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्