Logo
Logo

कांग्रेसले पोखरामा सघाउने, अन्यत्र एक्लै प्रतिस्पर्धा गर्ने


3.2k
Shares

पोखरा । नेपाली कांग्रेसले कास्कीको पोखरा महानगरपालिका बाहेक सबै पालिका र वडामा एक्लै प्रतिस्पर्धा गर्ने भएको छ ।

सत्ता गठबन्धनको केन्द्रीय निर्णय भएकाले पोखरा महानगरमा मेयरमा एकीकृत समाजवादीका उम्मेदवारलाई समर्थन गर्ने तर बाँकी सबै पालिका तथा वडामा एक्लै प्रतिस्पर्धा गर्ने निर्णय गरिएको कास्की जिल्ला सभापति किशोरदत्त बरालले जानकारी दिएका छन् ।

पोखरा महानगरपालिका कांग्रेसले नै पाउनुपर्ने पक्षमा रहेका कांग्रेस नेता कार्यकर्ताले निरन्तर केन्द्रीय निर्णयको विरोध गरिरहेका थिए । तर, कांग्रेस अन्तिम अवस्थामा पोखरामा सहयोग गरेर अन्य पालिका तथा वडामा मित्रवत प्रतिस्पर्धा गर्ने निर्णयमा पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्