Logo
Logo
संकटमा कांग्रेस

देउवाकै गृह जिल्लामा कांग्रेस विभाजन, पार्टी छाडेर ‘कांग्रेस विपी’बाट छुट्टै उमेदवारी !


7k
Shares

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि नेपाली कांग्रेसलाई उम्मेदवारी छनौट गर्न सकस परेको छ । मनोनयन दर्ताको दोस्रो दिन (आज)सम्म पनि कांग्रेसले छिटफुट स्थानमा बाहेक उम्मेदवारी खडा गर्न सकेको छैन ।

यस्तै चासोका साथ हेरिएको प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति देउवाको गृह जिल्ला डडेल्धुरामा अन्ततः नेपाली कांग्रेस विभाजन भएको छ । यस जिल्लामा कांग्रेस डडेल्धुराको सातौँ जिल्ला अधिवेशन तथा १४औँ महाधिवेशनदेखिको विवाद रहँदै आएको थियो । डडेलधुरामा विभाजनसँगै स्थानीयतहको निर्वाचनका लागि कांग्रेस र नेपाली कांग्रेस (विपी)ले डडेल्धुरामा छुट्टा–छुट्टै उमेदवारी दर्ता गर्ने भएका छन् ।

फाइल फोटो

स्रोतका अनुसार नेपाली कांग्रेसको छैटौं जिल्ला अधिवेशनबाट निर्वाचित पार्टी सभापति तथा डेडेल्धुरा जिल्लाको प्रदेश खबाट निर्वाचित प्रदेश सभा सदस्य कर्ण मल्लपक्ष नेपाली कांग्रेस विपीबाट स्थानीय तहमा उमेदवारी दिने तयारीमा जुटेका छन् ।

कांग्रेसका केन्द्रीय सभापति देउवाले गृह जिल्लाको पार्टी मिलाउनमा चासो नदिएको उनीहरुको गुनासो छ । त्यसकारण उनीहरुले नेपाली कांग्रेस (विपी) बाट स्थानीयतहको निर्वाचनमा जाने तयारी गरेको विद्यार्थी नेता तेजराज भट्टको भनाई छ ।

जिल्लाका ७ वटै पालिका र ५२ वटै वडामा उमेदवारी दर्ता गर्ने तयारी रहेको र जिल्लामा अन्यदलहरु संग तालमेलको प्रयासहरु पनि भइरहेकाले आज मात्रै उमेदवारी दर्ता गर्ने उनीहरुको तयारी छ छ । नेपाली कांग्रेस विपीका जिल्ला संयोजक तिलक हमालका अनुसार कांग्रेस बाहेकका जुनसुकै दलहरुसँग तालमेल हुनसक्नेछ ।

देशैभरी सत्ता गठबन्धनमा रहेका दलहरुले डडेल्धुरा जिल्लामा मित्रवत प्रतिस्पर्धा गर्ने सहति गरेको थियो । तर, नेपाली कांग्रेस छाडेर कांग्रेस विपीबाट छुट्टै उमेदवार तय गरेपछि डडेल्धुरा कांग्रेस संकटमा परेको छ ।

प्रतिक्रिया दिनुहोस्