काठमाडौं । वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि २० हजार जनाभन्दा बढी पर्यवेक्षक खटिने भएका छन् । निर्वाचन आयोगमा पर्यबेक्षकका लागि ६८ वटा संस्थाले अनुमति लिएका थिए । ती संस्थाबाट २० हजार बढी पर्यबेक्षक चुनावमा खटिने भएका छन् ।
आयेगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ६८ संस्थाबाट पर्यवेक्षकका लागि २० हजारभन्दा बढीको प्रस्ताव आएको छ । अब ती प्रस्तावमाथि चेकजाँच गरेर आयोगले पर्यबेक्षक हुनका लागि परिचय पत्र पनि जारी गर्ने छ ।
यस्तै आयोगले कुन पर्यवेक्षक कुन मतदानस्थलको पर्यवेक्षणका लागि जाने हो भन्नेसमेत खुलाइदिने भएको छ । पर्यवेक्षकहरूलाई यही वैशाख १४ मा आयोगले अभिमुखीकरण पनि दिने भएको छ ।














