Logo
Logo
स्थानीय तह निर्वाचन

उम्मेदवारी दिनेको संख्या १ लाख ४१ हजार पुग्यो


2.1k
Shares

काठमाडौं । बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको विभिन्न पदमा उम्मेदवारी दिनेहरुकोसंख्या एक लाख ४१ हजार पुगेको छ ।

आन बिहान १०ः३० बजे अध्यावधिक विवरण दिंदै मनोनयन दर्ता गर्नेहरुको संख्या एक लाख ४१ हजार ४६८ पुगेको निर्वाचन आयोगले जानकारी दिएको हो ।

आयोगका अनुसार महानगर, उपमहानगर र नगरपालिकाको नगरप्रमुखमा तीन हजार ३१८, नगर उपप्रमुखमा दुई हजार ३६ जनाको उम्मेदवारी परेको छ । गाउँपालिकाको अध्यक्षमा तीन हजार ३०६ जनाको र उपाध्यक्षमा २३४३ जनाको उम्मेदवारी परेको छ ।

त्यस्तै वडाअध्यक्षमा ३३ हजार १११, महिला सदस्यमा २४ हजार २८३, दलित महिला सदस्यमा २१ हजार ९७९ र सदस्यमा ५१ हजार ९२ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्