Logo
Logo

बरिष्ठ पत्रकार न्यौपानेलाई एक लाख सहयोग


1.1k
Shares

काठमाडौं । नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय संस्था इन्जाले टिचिङ अस्पताल महाराजगन्जमा उपचार गराइरहेका बरिष्ठ पत्रकार नारायण न्यौपानेलाई एक लाख रुपैयाँ सहयोग गरेको छ । टिचिङ अस्पतालमा उपचार गराइरहेका न्यौपानेलाई उक्त रकम इन्जा ग्लोवलका सचिव दीपक रिजालले हस्तान्तरण गरेका हुन् ।

नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय संस्था इन्जाले विपतमा परेका पत्रकारहरुलाई सहयोग गर्दै आएको इन्जा ग्लोवलका अध्यक्ष गुणराज लुइँटेलले जानकारी दिए । अध्यक्ष लुइटेलले बरिष्ठ पत्रकार न्यौपानेको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेका छन् ।

रकम हस्तन्तरण पछि बरिष्ठ पत्रकार न्यौपानेले इन्जाले आफुलाई सहयोग गरेकोमा धन्यवाद ज्ञापन गरे । पत्रकार न्यौपाने अझै केही दिन अस्पतालमा नै रहनु पर्ने अस्पताल प्रशासनले जानकारी दिएको छ ।

इन्जा एसियाका उपाध्यक्षसमेत रहेका बरिष्ठ पत्रकार न्यौपाने लामो समयदेखि राष्ट्रिय समाचार समिति (रासस)मा उपप्रमुख समाचादाताको रुपमा कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्