Logo
Logo

भरतपुरमा आगलागी हुँदा साढे ५ करोडभन्दा बढी क्षति


882
Shares

काठमाडौं । चितवनको भरतपुरमा आगलागी हुँदा साढे ५ करोडभन्दा बढी क्षति भएको छ । चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी नरहरि अधिकारीका अनुसार महानगरपालिका–३ कमलनगर स्थित तुलसीराम सापकोटाको चार तले घरमा आगो लागेको हो ।

राति २ बजेतिर सुरु भएको आगलागी अघि बिहान ७ बजे मात्र नियन्त्रण गर्न सकिएको​ हो । आगलागीबाट त्यस घरमा रहेका ६ वटा पसल जलेको र साढे ५ करोडजति धनमाल नष्ट भएको पसल सञ्चालकहरूले बताएको डीएसपी अधिकारीले जानकारी दिए ।

प्रहरीका अनुसार वसन्त कार्कीको श्रीकृष्ण सप्लायर्स, विष्णुप्रसाद लामिछानेको एक्सप्रेस मोबाइल पसल, विष्णु आचार्यको दुर्गा इलेक्ट्रोनिक पसल, शंकर सापकोटाको जुत्ता पसल, वाससुदेव आचार्यको फेन्सी पसल र सूर्यमणि लामिछानेको दियालो फेन्सी पसलमा आगोले क्षति पुर्याएको हो। मानिसलाई भने केही भएको छैन ।

‘घरमा सहकारी संस्था पनि छन्, त्यसमा पनि क्षति भएको छ’, डीएसपी अधिकारीले भने, ‘क्षतिको एकीन विवरण आउन बाँकी छ।’ विद्युत् सर्ट भएर आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ । दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीको सहयोगमा आगो निभाइएको डीएसपी अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्