Logo
Logo

युक्रेनको स्टिल उद्योगमा थुनिएकामध्ये ४६ जनाको उद्धार


819
Shares

एजेन्सी । युक्रेनको मरिपोलस्थित स्टिल उद्योगमा थुनिएकामध्ये ४६ जनालाई बाहिर निकालिएको छ । एएफपीका अनुसार रुसी रक्षा मन्त्रालयले उनीहरूलाई स्टिल उद्योगको भवनबाट बाहिर निकालिएको जनाएको छ ।

मानवीयतालाई ध्यान दिँदै र अन्तर्राष्ट्रिय समुदायको कुरालाई समेत मानेर उनीहरूलाई भवनबाट सकुशल बाहिर निकालिएको रुसी रक्षा मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘यही अप्रिल ३० मा मानवीयतालाई ध्यान दिँदै र अन्तर्राष्ट्रिय समुदायको कुरालाई समेत मानेर हामीले उनीहरूलाई सकुशल भवनबाट बाहिर निकालेका छौँ ।’ एक पटक २५ जना र एक पटक २१ जनाको उद्धार गरेर उनीहरूलाई मरिपोलबाट रुसतर्फ जाने बाटोमा पर्ने रुसको सिमानामा रहेको बेजिमेन्नीमा लगिएको छ ।

अघिल्लो हप्ता रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले स्टिल उद्योग क्षेत्रलाई घेराबन्दी गर्न आदेश दिएपछि उनीहरू थुनिएका थिए । थुनामा रहेका अरू झन्डै एक हजार गैरसैनिकलाई बाहिर निस्कन दिने बारेको वार्ता जारी छ ।

प्रतिक्रिया दिनुहोस्