काठमाडौं । प्रधानमन्त्री वालेन शाहले नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुन लागेको अवसरमा नेपाली क्रिकेटलाई शुभकामना दिएका छन् ।

उनले एनपीएल केही वर्षमै नेपालको ठूलो खेलकुद उत्सवका रूपमा विकसित भएको उल्लेख गर्दै प्रतियोगितामा सहभागी हुने अन्तर्राष्ट्रिय खेलाडी, कमेन्टेटर, नेपाली खेलाडी, आयोजक र नेपाल क्रिकेट सङ्घ (क्यान)लाई शुभकामना दिएका हुन् ।
‘नेपालको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता एनपीएल आजदेखि सुरु हुँदै छ । केही वर्षमै यो ठूलो खेलकुद उत्सवका रूपमा विकसित भएको छ । लिगमा सहभागी हुन आएका सबै अन्तर्राष्ट्रिय खेलाडी र कमेन्टेटरलाई हार्दिक स्वागत छ । नेपाली खेलाडी, आयोजक र क्यानलाई यो सुन्दर प्रतियोगिताका लागि शुभकामना । नेपाली क्रिकेट अमर रहोस्’ उनले भनेका छन् । एनपीएलको तेस्रो संस्करण आजदेखि सुरु भएर मङ्सिर ५ गतेसम्म चल्नेछ ।















