मोरङ । नेपाल-भारतको सीमाक्षेत्र मोरङको विराटनगरस्थित इस्लामपुरमा भारतीय सीमा सुरक्षा बल एसएसबीले हावइ फायर गरेको छ । इस्लामपुरमा सीमा सुरक्षामा खटिएका भारतीय एसएसबीले तीन राउण्ड हवाइ फायर गरेका हुन् ।
एसएसबीले हवाइ फायर गरेपछि इस्लामपुर क्षेत्र आतंकित भएको छ । एसएसबीले दुई राउण्ड जमिन र एक राउन्ड आकाशतिर फायर गरेको थियो ।
सीमा क्षेत्रमा फायर हुँदा इस्लामपुर क्षेत्रका वासिन्दा आतंकित भएता पनि मोरङका प्रमुख जिल्ला अधिकारी रमेश केसीले भने भारतीय क्षेत्रमा आन्तरिक कारणले गोली चलेकोले नेपाली नागरिक आतिनुपर्ने अवस्था नरहेको बताए ।











