Logo
Logo

महाराजगञ्जमा कांग्रेस उपप्रमुख उम्मेदवारको निधन


4.1k
Shares

कपिलवस्तु । कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा नेपाली कांग्रेसबाट उपप्रमुख पदकी उम्मेदवार शुभावति कुर्मीको निधन भएको छ ।

उनको गए राति करिब १ बजेतिर निधन भएको हो । बिरामी परेपछि उनलाई उपचार गर्न जिल्ला अस्पताल लगिएको थियो । उनको हृदयघातका कारण निधन भएको बताइएको छ ।

कांग्रेसले आफ्नो तर्फबाट उपप्रमुखको उम्मेदवार बनाएको कुर्मीको निधन भएको जानकारी निर्वाचन अधिकृत कार्यालयमा पठाएको छ । निर्वाचन अधिकृत कुवेर पाण्डेले उपप्रमुख पदकी उम्मेदवारको निधन भएकोबारे कांग्रेसले पठाएको पत्र आज बिहान प्राप्त भएको बताए ।

‘कांग्रेसको तर्फबाट उपप्रमुख पदकी उम्मेदवारको निधन भएको जानकारी आएको छ । हामी निर्वाचन आयोगमा यसबारे लेखेर पठाउँदैछौं,’ उनले भने, ‘यहाँ निर्वाचन के गर्ने भन्नेबारे आयोगले नै निर्णय गर्छ ।’

यहाँ वैशाख ३० मा निर्वाचन नगरी केही समयपछि निर्वाचन गर्ने सम्भावना छ । कुर्मी ०७४ को निर्वाचनमा पनि उपप्रमुखमा निर्वाचित भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्