
काठमाडौं । स्थानीय तह निर्वाचनअन्तर्गत चुनावी प्रचार/प्रसार गर्ने आज अन्तिम दिन । आज राति १२ बजेदेखि प्रचार/प्रसार गर्न पाइँदैन । देशव्यापी चुनावी सभा गरिरहेका प्रमुख दलहरू आज भने काठमाडौँ उपत्यका केन्द्रित हुने भएका छन् ।
आज काठमाडौँ र ललितपुरमा प्रमुख दलहरूले चुनावी सभा गर्दैछन् । आज ललितपुरमा सत्ता गठबन्धनले चुनावी सभा गर्दैछन् । ललितपुरमा हुने चुनावी सभालाई गठबन्धनका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
यस्तै नेकपा एमालेले आज काठमाडौँमा चुनावी आमसभा गर्दैछ । सभालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् ।
काठमाडौँको भृकुटीमण्डपमा आयोजना गरिने चुनावी सभामा ११ वटै पालिकाका जनप्रतिनिधि र कार्यकर्ताहरू सहभागी हुने कार्यतालिका छ ।














