दमौली । तनहुँको घिरिङ गाउँपालिका–१ पुट्टारस्थित कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा सोमवार बेपत्ता भएका बालक भेटिएका छैनन् ।
बेपत्ता हुनेमा घिरिङ गाउँपालिका–५ धेनुङका १२ वर्षीय ईश्वर विक रहेको प्रहरीले जनाएको छ । सोमवार दिउँसोदेखि बेपत्ता बालक अझै नभेटिएका जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।
बेपत्ता बालकको आज पनि खोजीकार्य जारी छ । पुट्टारबाट स्याउलीबजार जोडिएको झोलुङ्गे पुलबाट केही तल तीन जना पौडी खेल्न गएकामा विक नदीले बगाएर बेपत्ता भएका हुन् ।
अन्य दुई जना भने नदी तर्न सफल भएका थिए । बेपत्ता बालकका आमा पूर्णमाया विकले छोराको खोजीका लागि सहयोग पुर्याउन आग्रह गरेकी छन् ।











