Logo
Logo

कस्तो रहला आज दिनभरीको मौसम ?


1.4k
Shares

काठमाडौं । आज देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ । जल तथा मौसम विज्ञान विभागले अहिले प्रदेश १ का केही स्थानमा मेघगर्जनसिहत वर्षा भइरहेको जनाएको छ ।

हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहेको छ। चक्रवात ‘असानी’ हाल पश्चिम(मध्य बंगालको खाडीमा रहेको विभागले जनाएको छ ।

बुधबार दिउँसो प्रदेश १ र अन्य प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ ।

प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्