काठमाडौं । श्री एयरलाइन्सको विमान आपतकालीन अवतरण गरिएको छ । बुधबार काठमाडौंबाट धनगढी उडेको उक्त जहाजको इन्जिन फेल भएपछि काठमाडौंमै फर्काएर अवतरण गरिएको विमानस्थल प्रहरी प्रमुख एसएसपी भीम ढकालले जानकारी दिए ।

उनका अनुसार जहाज सकुशल अवतरण गरिएको छ । उक्त जहाजमा ८७ जना यात्र रहेको विमानस्थल स्रोतले जनाएको छ ।











