Logo
Logo

हत्या आरोपमा वडाध्यक्ष र वडाध्यक्ष उम्मेदवार पक्राउ


1.2k
Shares

रुकुम पूर्व । रुकुम पूर्वमा महिलाको हत्या आरोपमा वडाध्यक्ष, वडाध्यक्षका उम्मेदवारसहित तीन जना पक्राउ परेका छन् । पुथाउत्तरंगा गाउँपालिका–११, का वडाध्यक्ष जयकुमार बुढा, नेकपा माओवादी केन्द्रको तर्फका वडाध्यक्षका उम्मेदवार कुमार सिंह र अर्का एक युवा अर्जुन बुढालाई प्रहरीले पक्राउ गरेको हो ।

३९ वर्षीया दुथी भनिने जुनमाया बुढाको हत्याको आरोपमा उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
वैशाख २६ गते नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मंगलबार रुकुमकोट जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार पहाडीले जानकारी दिए । महिला हत्या आरोपमा किटानी जाहेरीपछि उनीहरूलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक पहाडीले बताए ।

रोल्पाको थवाङ गाउँपालिका–१, घर भई माइतमै बस्दै आएकी दुथी १९ गते रातिदेखि हराएकी थिइन् । १९ गते राति हराएकी उनको शव २६ गते बिहान साढे ९ बजेतिर स्थानीय जंगलमा भेटिएको थियो । महिलाको शव भेटिएलगत्तै प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्