Logo
Logo

बुटवलमा बम विष्फोट, घट्नास्थलमा भेटियो निर्वाचन बहिस्कार लेखिएको पर्चा


2.5k
Shares

काठमाडौं । स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा बुटवलको मिलनचोकमा बम विष्फोट भएको छ । बुधबार साँझ साढे ८ बजेतिर बम विष्फोट भएको हो ।

मिलनचोकमा रहेको सनराइज बैंकको अगाडि प्रेसर कुकर बम विष्फोट भएको इलाका प्रहरी कार्यालय बुटवलले जाएको छ । विष्फोटको जिम्मा अहिलेसम्म कसैले नलिए पछि घटनास्थलमा नेकपा माओवादी नामको पर्चा भेटिएको प्रहरीले जनाएको छ । त्यसमा स्थानीय निर्वाचन बहिस्कार गरौं भनेर लेखिएको छ ।

प्रहरीका अनुसार घटनास्थल आसपास केही छर्राहरु समेत फेला परेको छ । प्रहरीले घटनामा संलग्नलाई अहिलेसम्म पक्राउ गर्न सकेको छैन ।

घटनाको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । बम विष्फोट भएको थाहा पाएपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थल पुगेको थियो । विष्फोटबाट नजिकै रहेको पसलको सटरमा प्वाल परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्