Logo
Logo

डोटीको पूर्वीचौकीमा बस दुर्घटना, २५ जना घाइते


441
Shares

काठमाडौं । डोटीको पूर्वीचौकी गाउँपालिकाको सानागाउँमा बस दुर्घटना भएको छ । अत्तरियाबाट बाजुरा गइरहेको सुदूरपश्चिम प्रदेश ०१ ००१ ख ३१०८ नम्बरको बस आज बिहान करिब ५ बजेतिर दुर्घटना भएको हो ।
दुर्घटनामा करिब २०÷२५ जना घाइते भएको जिल्ला प्रहरी प्रमुख डीएसपी शारदा प्रसाद चौधरीले जानकरी दिए । उनीहरूमध्ये केहीको अवस्था गम्भीर छ ।

उनका अनुसार ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल ल्याइसकिएको छ अन्यलाई पनि ल्याने प्रयास भइरहेको छ । डीएसपी चौधरीले पहाडी जिल्लामा ठूला गाडी नचल्ने भएकाले सना गाडीहरुमा ओसारिरहेको बताए ।

उनले अहिलेसम्म कसैको पनि मृत्यु भएको जानकारी नआएको बताए । घाइतेहरूको उद्धारको काम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्