Logo
Logo

रूकुम पश्चिममा माओवादी र कांग्रेसका कार्यकर्ताबीच फेरि झडप, पाँच जना घाइते


4.9k
Shares

काठमाडौं । रूकुम पश्चिममा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका कार्यकर्ताबीच फेरि झडप भएको छ । मतदातालाई पैसा बाँडेको भन्दै माओवादी र कांग्रेस कार्यकर्ताबीच झडप भएको हो ।

जिल्लाको चौरजहारी नगरपालिका १० खोलागाउँमा उम्मेदवारले मतदातालाई पैंसा बाँडिरहेको अवस्थामा फेला पारेपछि दुई पक्षबीच झडप भएको हो । उक्त झडपमा परि पाँच जना घाईते भएका छन् ।

घाईते हुनेमा नेपाली कांग्रेसका डिल्ली केसी, लालवीर वली, डायमन केसी तथा माओवादीका तुलसीराम बुढा र जुद्धबहादुर घर्ती छन् । डिल्लीको टाउको र बाँया हातमा चोट लागेको छ भने डायमनको खुट्टामा चोट छ । बुढा र घर्तीको टाउकोमा चोट छ ।

उनीहरू सबैको अवस्था सामान्य रहेको जिल्ला प्रहरी प्रमुख डिएसपी विष्णुप्रसाद सोतीका अनुसार घाइते सबैको चौरजहारी अस्पतालमा उपचार भइरहेको छ ।

यसैबीच पैसा बाँडेको आरोपमा प्रहरीले नेकपा माओवादी केन्द्रका वडाध्यक्ष पदका एक उम्मेदवारसहित दुई जनालाई पक्राउ गरेको छ । चौरजहारी नगरपालिका १० खोलागाउँबाट बुधबार राति प्रहरीले नेकपा माओवादी केन्द्रका वडाध्यक्ष पदका उम्मेदवार विरेन्द्र रोकाया र माओवादी कार्यकर्ता सौगातलाई पक्राउ गरेको डिएसपी सोतीले बताए । उनीहरुको साथबाट तीन थान खुकुरीसमेत बरामद भएको छ ।

प्रतिक्रिया दिनुहोस्