
काठमाडौं । निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ८ घण्टे स्पष्टीकरण सोधेको छ ।
सत्तारुढ गठबन्धनले चितवनको भरतपुरमा आयोजना गरेको निर्वाचन सभालाई सम्बोधन गर्ने क्रममा प्रचण्डले मतदातालाई धम्क्याएको भन्दै परेको उजुरीको आधारमा आयोगले स्पष्टीकरण सोधेको हो ।
प्रचण्डविरुद्ध ‘नेपाली कांग्रेस वीपी’ले निवेदन दिएको आधारमा प्रचण्डलाई स्पष्टीकरण सोधिएको निर्वाचन आयोगले जानकारी दिएको छ ।
सत्तारुढ गठबन्धनले आयोजना गरेको निर्वाचन सभामा प्रचण्डले गठबन्धनलाई मतदान नगरे प्रतिगमनकारी शक्तिको जित हुने र प्रतिगमनकारीको जितले देश दुर्घटनातर्फ जाने बताएका थिए ।
यसै विषयलाई लिएर प्रचण्डविरुद्ध उजुरी परेको हो । यसैको आधारमा आयोगले स्पष्टीकरण सोधेको हो ।














