Logo
Logo

चितवनले विराटनगरलाई दियो १५८ रनको लक्ष्य


252
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किङ्सलाई चितवन राइनोजले १५८ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट रङ्गशालामा विराटनगरले टस जितेर पहिले फिल्डिङ रोजेपछि ब्याटिङ थालेको चितवनले निर्धारित ओभरमा ३ विकेट गुमाएर १५७ रन बनाएको हो । 

चितवनको चुनौतीपुर्ण लक्ष्यमा इङ्ल्यान्डका डाविड मलानले ७० रनको योगदान दिए ।  उनले ५० बलमा ५ चौका र ५ छक्का प्रहार गरे। देव खनाल १२ र अर्जुन साउदले ३ रन बनाए ।

रवि बोपारा ३१ र डिआर मुस्लीले २९ रनको योगदान गरे ।  विराटनगरका लागि चरित असलंका, एन्जेलो म्याथ्युज, आन्द्रे रसेलले एक/एक विकेट लिए। पहिलो खेलमा नेपाली बलर विकेटबिहिन भए । सन्दिप लामिछानेले ४ ओभरमा २३ रन खर्चिए पनि विकेट लिन सकेनन् । प्रतिश जिसीले ३ ओभरमा २२ रन दिए। सुभम रन्जनेले एक ओभरमा १७ रन खर्चिए । 

अब केहीबेरमा बिराटनगरले जवाफी ब्याटिङ गर्नेछ । यसअघि पहिलो खेलमा साविक विजेता लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई पराजित गरेको छ । आजै दोस्रो खेलमा साँझ ५ बजे कर्णाली याक्स र जनकपुर बोल्टस् भिड्दै छन् ।

प्रतिक्रिया दिनुहोस्