
सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिकामा सत्तारुढ गठबन्धनले अग्रता लिएको छ । नेपाली कांग्रेसका हेमकर्ण पौडेल गठबन्धनका साझा मेयर उम्मेदवार हुन् ।
पौडेलले हालसम्म ३६६३ मत प्राप्त गरेका छन । मुख्य प्रतिस्पर्धी नेकपा एमालेका मेयर उम्मेदवार यामकुमार सुब्बाले १९३४ मत प्राप्त गरेका छन् ।
इटहरीमा नेकपा एकीकृत समाजवादीका केशवकुमार विष्ट गठबन्धनका साझा उपमेयरका उम्मेदवार हुन् । विष्ट भने मुख्य प्रतिस्पर्धी एमालेका उपमेयर उम्मेदवार संगीताकुमारी चौधरीसँग पछि परेका छन् ।
एमालेका उपमेर उम्मेदवार चौधरीले २०४८ मत प्राप्त गरेका छन् भने विष्टले १८०३ मत प्राप्ग गरेका छन् ।














