
काठमाडौं । श्रीलंकाका विकेटकिपर ब्याटर सदिरा समिरा विक्रमाले पोखरा एभेन्टर्सबाट एनपीएल खेल्ने भएका छन् । पोखराले तेस्रो सिजनमा आफ्नो पहिलो खेल खेल्नुअघि सदिरालाई भित्र्याउँदै टिम बलियो बनाएको हो ।
३१ वर्षीय दायाँ हाते ब्याटर सदिरा समराविक्रमाको आगमनले पोखराले ब्याटिङ र विकेटकिपङमा पनि सहयोग पुग्ने टिमको विश्वास छ । सदिरा तेस्रो सिजनका लागि पोखराले अनुबन्ध गरेको तेस्रो श्रीलंकन र सम्रगमा छैटौं विदेशी खेलाडी हुन ।
पोखराले यसअघि नै दोस्रो सिजन पनि खेलेका श्रीलंकन ब्याटिङ अलराउण्डर धनन्य लक्षणलाई निरन्तरता दिँदा पेस बलिङ अलराउण्डर चमिका करुणारत्नेलाई तेस्रो सिजन अनुबन्ध गरिसकेको छ ।
यस्तै पोखराले तेस्रो सिजनका लागि बंगलादेशबाट पनि तीन अलराउण्डर नै अनुबन्ध गरिसकेको छ । जसमा विश्व चर्चित अलराउण्डर शाकिब अल हशन सबै भन्दा ठूला खेलाडीको रुपमा अनुबन्ध भएका छन् भने पेस बलिङ अलराउण्डर मोहम्म सैफुद्दिन र स्पीन बलिङ अलराउण्डर महेदी हसनपनि अनुबन्ध भएका छन्।
विकेटकिपर ब्याटर सदिरा समिराविक्रमाले श्रीलंकाका लागि तीनवटै फम्र्याटम खेलिसकेका छन्। उनले श्रीलंकाका लागि ९ टेष्ट, ५५ ओडिआई र १९ टी२०आई खेल खेलिसकेका छन्। यस्तै लंका प्रिमियर लिगमा उनले ४ फरक टिमबाट खेलिसकेका छन् । उनी सन् २०२४ मा भएको टी२० विश्वपकमा श्रीलंकाको टिममा समावेश थिए ।
क्रिकेटको छोटो फम्र्याटमा उनी मिडल अर्डर ब्याटरको रुपमा खेल्ने गर्छन् । सदिरा मंगलबार नै नेपाल आइपुगिसकेका छन्।कुशल भुर्तेलको कप्तानीमा रहेको पोखरा एभेन्जर्सले आज सुदूरपश्चिम रोएल्ससँग एनपीएल तेस्रो सिजनको पहिलो खेल खेल्दैछ । खेल कीतिपुरस्थित त्रिवि मैदानमा साँझ ५ बजे सुरु हुनेछ ।















