Logo
Logo

अछामको मेल्लेख गाउँपालिकामा माओवादी विजयी


2.1k
Shares

काठमाडौं । अछामको मेल्लेख गाउँपालिकामा अध्यक्षमा माओवादी केन्द्रका ज्वाला साउद विजयी भएका छन् । त्यस्तै उपाध्यक्षमा काँग्रेसका नृपबहादुर खड्का निर्वाचित भएका छन् ।

एमालेबाट उम्मेदवार भीमबहादुर खड्कालाई ९ सय ६० मतान्तरले पराजित गर्दै साउद निर्वाचित भएका हुन् । निर्वाचित साउँदले ५ हजार १ सय ४४ मत पाउँदा एमालेका खड्काले ४ हजार १ सय ८४ मत पाए ।

गाउँपालिका उपाध्यक्षमा काँग्रेसका नृपबहादुर खड्का निर्वाचित भएका छन् । खड्का ४ हजार ४ सय ८४ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीका समिता महरले ३ हजार ८ सय ६५ मत पाइन् ।

प्रतिक्रिया दिनुहोस्