
काठमाडौं । पोखरा महानगरपालिकामा सत्ता गठबन्धनले अग्रता बढाएको छ ।
गठबन्धनबाट मेयरका उम्मेदवार नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले ८ हजार ५ सय ६३ मत प्राप्त गरेका छन्। उनलाई नेकपा एमालेका कृष्णबहादुर थापाले ७ हजार २ सय ७८ मत प्राप्त गरेका छन्।
यसैगरी उपमेयरमा गठबन्धनबाटै नेपाली कांग्रेसका कोपिला रानाभाट ८ हजार ८ सय ७६ मतसहित अघि छन् । एमालेका मञ्जुदेवी गुरुङले ८ हजार २ ७१ मतसहित दोस्रो स्थानमा छिन्।
महानगरको वडा नं ५, १३, २४, २५ र २६ मा मतगणना भइरहेको छ ।











