
काठमाडौं । धरान उपमहानगरपालिकाको पछिल्लो परिणाम अनुसार मेयरमा कांग्रेस र उपमेयरमा माओबादीका उम्मेदवारको अग्रता कायमै छ ।
मेयरमा कांग्रेसका किशोर राइ ५ हजार १ सय ११ मतसहित अगाडि छन् । स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ ४ हजार ४ सय ५० ल्याएर दोस्रो स्थानमा छने भने उनलाई एमालेकी मन्जु भण्डारीले ४ हजार ४ सय ३४ मत ल्याएर पछ्याइरहेकी छन् ।
यसैगरी उपमेयरमा गठबन्धनबाट माओवादी केन्द्रका आइन्द्र विक्रम बेघाले ५ सय ७६० मत प्राप्त गरी अग्रता कायम राखेका छन् । एमालेका पदम इस्बो लिम्बुले ५ हजार ३ सय ९९ मत प्राप्त गरेका छन् ।
धरानमा वडा नं १,२,३,४ र ७ नम्बर वडाको मत गणना सम्पन्न भइसकेको छ ।











