Logo
Logo

रौतहटका ४ पालिकामा को अगाडी ?


8.3k
Shares

रुपेन्द्र पटेल
रौतहट । यहाँको गौर नगरपालिका मेयरमा नेकपा (एकीकृत समाजवादी) का शम्भु साह र दुर्गाभगवती गाउँपालिका अध्यक्षमा माओवादीका सम्भु सिंह अगाडि छन् ।
गौरमा नेकपा एसका शम्भु साहले दोब्बर बढी मतको अग्रता लिएका छन् । उनले ३ हजार ४ सय ४ मत ल्याएका छन् भने प्रतिद्वन्द्वी लोसपाका अजयकुमार गुप्ताले १ हजार ४ सय ९३ मत ल्याएका छन् । यस्तै दुर्गा भगवतीको अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार शम्भु सिंहले २ हजार ६ सय ६० मत ल्याएका छन् । प्रतिस्पर्धी कांग्रेसका अरुणकुमार शाहले १ हजार ६ सय ६५ मत प्राप्त गरेका हुन् ।
गौरका मेयरका उम्मेदवार साह यसअघि अजय गुप्तासंग पराजित भएका थिए । त्यहाँका स्थानीयले यसपटक विकासमा चासो नदिने र अर्थिक अनियमितता गर्नेलाई पाखा लगाउदै नयाँ उम्मेदवारलाई मत दिएका छन् । जिल्लाका अन्य पालिकाको पनि मतगणना जारी छ । उत्तरमा रहेको चन्द्रपुर नगरपालिकाको ६ वटा वडाको मत गणना सकिँदा नेपाली कांग्रेस १ हजार ४ सय २९ मतले अगाडी छ ।

कांग्रेसका मेयर उम्मेदवार सञ्जय काफ्लेले ५ हजार ८ सय ३३ र उपमेयर जयमाला चौधरीले ६ हजार २ सय ७४ मत प्राप्त गरेका छन् । यसैगरी नेकपा माओवादीका मेयर उम्मेदवार खिलप्रसाद पौडेलले ४ हजार ४ सय ४ तथा उपमेयरमा देवकी नेपालले ५ हजार ३ सय ८ मत ल्याएका छिन् ।

तेस्रो स्थानमा नेकपा रहेका नेकपा एसका बाबुराम दाहालले ३ हजार ७ सय ३० र उप प्रमुख उम्मेदवार रामरती चौधरीले २ हजार ७ सय ४० मत प्राप्त गरेका छन् । यहाँ ७ र ८ को मत गणना जारी छ । बृन्दावन नगरपालिकामा पनि नेकपा एसका मेयर उम्मेदवार विनोदप्रसाद पटेलको अग्रता कायमै छ ।

पटेलले ७ सय ७४, कांग्रेसका राम स्नेही यादवले २ सय ४१, एमालेका प्रेम शंकर यादवले १ सय ६६ र नेकपा माओवादीका रामप्रसाद पटेलले ३ सय १३ मत प्राप्त गरेका छ्न् ।

प्रतिक्रिया दिनुहोस्