Logo
Logo

तारकेश्वरको मेयर उपमेयरमा कांग्रेस


1.4k
Shares

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकाे मेयर र उपमेयर दुवैमा कांग्रेसले विजय हाँसिल गरेको छ ।

मेयरमा कृष्णहरि महर्जन ११ हजार २ सय २३ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रामेश्वर बोहोराले ७ हजार ३ सय ५९ मत प्राप्त गरे।

उपमेयरमा कांग्रेसकै सिर्जना बुर्लाकोटी १० हजार २ सय २४ मतसहित विजयी भइन् । निकटतम् प्रतिद्वन्द्वी एमालेका भवानी डोटेलले ७ हजार ५ सय ६३ मत प्राप्त गरिन्।

यहाँ २६ हजार ७ सय २ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्