Logo
Logo

नुवाकोट किस्पाङ गाउँपालिकामा एमाले–माओवादी गठबन्धन विजयी


1.1k
Shares

काठमाडौं । नुवाकोटको किस्पाङ गाउँपालिकामा एमाले–माओवादी गठबन्धन विजयी भएको छ ।

अध्यक्षमा नेकपा एमालेका वीरबल तामाङ विजयी भएका छन् । उनले ३ हजार ६ सय ३८ मत प्राप्त गर्दा प्रतिद्वन्द्वी कांग्रेसका छत्र लामाले ३ हजार ४ सय ५२ मत ल्याए ।

उपाध्यक्षमा गठबन्धनबाटै माओवादी केन्द्रका अर्जुन न्यौपाने विजयी भएका छन् । न्यौपानेले कांग्रेसकी दिलकुमारी मोक्तानलाई ५ सय ३५ मतान्तरले पराजित गरे । मोक्तानले ३ हजार १ सय ७७ मत ल्याएकी थिइन् ।

यहाँ एमाले र माओवादीबीचको तालमेलले नेपाली कांग्रेसलाई पराजित गरेकाे हाे ।

प्रतिक्रिया दिनुहोस्