
काठमाडौं । भरतपुर महानगरपालिकामा रेनु दाहालले अग्रता बढाउँदै लगेकी छन् ।
१९ हजार ४ सय ८३ मत गणना हुँदा दाहालले ६ हजार ५ सय ६६ मत प्राप्त गरेकी छन् । एमालेका विजय सुवेदीले ६ हजार ३ सय ५९ मतसहित दाहाललाई पछ्याइरहेका छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३ हजार १ सय ९९ मत ल्याएका छन् ।
उपमेयरमा पनि कांग्रेसका चित्रसेन अधिकारीको अग्रता पनि फराकिलो बन्दै भएको छ । अधिकारीले ७ हजार ९ सय ७८ र राप्रपाका हिमला गुरुङले ५ हजार २ सय २९ पाएका छन् ।











