Logo
Logo

वीरगञ्जमा गठबन्धनले लियो ५ हजार बढी मतको अग्रता


6.9k
Shares

पर्सा । मधेस प्रदेशको एक मात्र महानगरपालिका पर्साको वीरगञ्ज महानगरपालिकाको पछिल्लो मतगणनाअनुसार प्रमुख पदमा गठबन्धनका उम्मेदवार राजेशमान सिंहले पाँच हजार २१० मतान्तरले अग्रता लिएका छन् । जसअनुसार सिंह ९ हजार ५०० मतसहित अग्रता कायम गरेका हुन् ।

नेकपा एमालेका उम्मेदवार विजयकुमार सरावगीले ४ हजार २९० मतसहित प्रतिस्र्धामा छन् । महानगरपालिकाको पछिल्लो मतगणनाअनुसार वीरगञ्ज महानगरपालिका–१, ३१ र ३२ मतगणना सकिएको छ भने वडा नं २, ३, ४, ५, २९ र ३० को मतगणना जारी छ ।

प्रतिक्रिया दिनुहोस्