
बर्दिया । बर्दियाको राजापुर नगरपालिकामा माओवादी केन्द्र विजयी भएको छ । माओवादीका दिपेश चौधरी मेयर निर्वाचित भए । चौधरी कांग्रेसका प्रमुखका उम्मेदवार दिपक जंग शाहलाई ४७ मत अन्तरले पराजित गर्दै विजयी भएका हुन् ।
निर्वाचित चौधरीले ९ हजार ८ सय ७ मत प्राप्त गरेका छन् भन प्रतिद्वन्द्वी कांग्रेसका शाहले ९ हजार ७ सय ६० मत प्राप्त गरे ।
उपमेयरमा पनि माओवादी केन्द्र नै विजयी भएको छ ।
माअोवादीका उम्मेदवार मनकलाकुमारी चौधरी १० हजार ८६ मत प्राप्त गर्दै विजयी भएका हुन् । मनकलाका प्रतिद्वन्द्वी कांग्रेसका यशोधा थारु १० हजार ४५ मत प्राप्त गर्दै पराजित भए ।











