
काठमाडौं । काठमाडौँको टोखा नगरपालिकाको मेयरमा नेकपा एमालेका प्रकाश अधिकारी निर्वाचित भएका छन् ।
उनले कांग्रेसका रजनी थापालाई झिनो मतान्तरले पराजित गरे । अधिकारीले १० हजार ३ सय ४० र थापाले १० हजार १ सय ६६ मत प्राप्त गरेका छन् ।
यस्तै उपमेयरमा कांग्रेसका मुरारी तामाङ निर्वाचित भएका छन् । तामाङले १० हजार १ सय ३२ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी एमालेका ज्ञानमाया डङ्गोलले ९ हजार ५ सय १८ मत प्राप्त गरिन् ।
डङ्गोल अघिल्लो कार्यकालमा पनि टोखाको उपमेयर थिइन् । ३४ हजार ६ सय ७६ मतदाता रहेको टोखामा २५ हजार ५ सय ६३ मत खसेको थियो ।











