Logo
Logo

थाहामा माओवादीले जोगायो बिरासत, मेयरमा विष्ट निर्वाचित


3.8k
Shares

काठमाडौं । मकवानपुरको थाहा नगरपालिकामा नेकपा माओवादी केन्द्रले बिरासत जोगाएको छ ।

एमाले उम्मेदवार अच्युतम ढकाललाई पराजित गर्दै माअ‍ेवादीका विष्णु विष्ट मेयर निर्वाचित भएका हुन् । उपमेयरमा कांग्रेसका भरत गोपाली विजयी भएका छन् । अघिल्लो निर्वाचनमा पनि थाहाको मेयर माओवादी र उपमेयर कांग्रेसले जितेका थिए ।

मेयर विष्टले ९ हजार ७ सय १९ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी ढकालले ७ हजार ७ सय ७१ मत ल्याए । उपमेयर गोपालीले ८ हजार ६ सय ७ मत प्राप्त गरे ।

एमालेकी कल्पना बलामीले ८ हजार ५ सय २२ मतसहित उपमेयरमा पराजित भइन् । यहाँ २३ हजार ५६ मत खसेको थियो ।

माओवादीले ६ वटा, कांग्रेस र एमालेले ३—३ वटा वडा अध्यक्ष जितेका छन् ।

प्रतिक्रिया दिनुहोस्